May 5, 2026

निलडेविडलाई ‘रेस्पोन्सिवल बिजनेश ग्लोबल अवार्ड ’

0

विर्तामोड ।

नेपालका चर्चित हेयर स्टाइलिष्ट निलडेविड कटुवाललाई ‘रेस्पोन्सिवल बिजनेश ग्लोबल अवार्ड २०२०’ प्रदान गरिने भएको छ ।

वेलायतको इथिकल कर्पोरेशनले आगामी अक्टोबर ८ तारिक लण्डनमा आयोजना गर्ने विशेष कार्यक्रममा उक्त अवार्ड वितरण गर्ने बताइएको छ ।

इथिकल कर्पोरेशनका क्रिना अमिनले ईमेलमार्फत आफूलाई उक्त अवार्डका लागि छनौट गरेको जानकारी गराएको निलडेविडले बताए । पछिल्लो १२ महिनाको कार्य मूल्यांकनका आधारमा आफूलाई उक्त अवार्डका लागि छनौट गरेको उनले बताए ।

झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपूरका निलडेविड उक्त अवार्ड प्राप्त गर्ने पहिलो नेपाली हुन् । सन् २००६मा काठमाडौको काठमाडौं मलमा निलडेविड हेयर एण्ड व्युटी सैलुन स्थापना गरी महिला र पुरुषलाई एकैपटक सेवा दिन शुरु गरेका निलडेविडले हाल नेपाल र भारतमा गरी ८० वटा भन्दा वढी निलडेविड इन्टरनेशनल युनीसेक्स सैलुन स्थापना गरी सयौं युवालाई रोजगारी दिनुका साथै हजारौंलाई सेवा दिइरहेका छन् ।

हेयको दृष्टिले हेरिने कपाल काट्ने पेसालाई अपनाएर नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो पहिचान बनाउन सफल निलडेविडले अन्तर्राष्टिय रुपमा आफुले गरेको कामको मुल्याङ्कन गर्दै आफूलाई उक्त अवार्डका लागि छनौट गरेको बताए ।

उनले उक्त अवार्ड प्राप्त गर्नु आफू मात्र नभएर नेपाल र नेपालीका लागि पनि गौरवको कुरा भएको बताए । उक्त अवार्डले आफूलाई काम गर्न अझ हौसला मिलेको बताउँदै उनले उक्त अवार्डको श्रेय गडफादर डेविड भाइनाल , बुबा स्व. कृष्णबहादुर कटुवाल , आमा तुलसादेवी कटुवाल र श्रीमती सुस्मा कार्की कटुवाललाई दिएको वताए ।

पछिल्लो समय आफुले गरेको कामको मूल्याङ्कन अन्तर्राष्ट्रिय रुपमा हुन थालेको बताउँदै उनले लाखौं रुपैयाँ खर्च गरेर विदेश गएर पसिना वगाउनु भन्दा त्यही पैसा र श्रम स्वदेशमा खर्च गरे स्वदेशमै सुन फलाउन सकिने वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *