बिपन्न र अपाङ्गता परिबारलाई राहत
माई,
माई नगरपालिका वडा नम्बर–२ ले बुधबारबाट राहात प्याकेज बाड्न शुरु गरेको छ । माई नगरपालिकाले छुट्याएको राहात कोषबाट र वडाले संकलन गरेको दाताहरुको सहयोगबाट राहात बाड्न शुरु गरिएको वडाध्यक्ष खम्बसिंह लिम्बुले बताउनुभयो ।

वडा अन्र्तगतका जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, रेडक्रस प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि र स्यंमसेवकहरुको रोहवरमा राहात बाडिएको प्रतिपक्ष दल नेपाली काग्रेसका वडा संयोजक सुर्य धितालले बताँउनुभयो ।
वडाले दुई जना सम्मको परिबारलाई क समुह, पाँच जना सम्मको परिबारलाई ख समुह र पाँच जना भन्दा बढीको परिबारलाई ग समुह बनाएरक राहात बितरण गरिएकको थियो । क समुले १० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन र २ वटा साबुन प्रदान गरिएको छ । त्यस्तै ख बर्गले १५ केजी चामल सहित अन्य थप सामाग्री र ग बर्गले २० केजी चामल सहित अन्य थप सामाग्री पाएका छन । राहात सामाग्रीलाई सितली खेल मैदानमा दुई–दुई मिटरको दुरीमा राखेर बितरण गरिएको नेपाल रेडक्रस साोसाईटी दानाबारीका सभापति मित्र प्रसाद गौतमले बताँउनुभयो ।
बुधबार वडाका सितली, डिपुडाँडा, खरखरे, माझबारी, पिपलडाँडा लगायत क्षेत्रका बासिन्दालाई बितरण गरिएको छ । क बर्गका १३ परिबार, ख बर्गका ४० परिबार र ग बर्गका २० परिबार गरी ७४ परिबारलाई राहात बितरण गरिएको वताईएको छ ।
भोलि देखि राहात प्राप्त गर्ने सुचीमा रहेका ३ सय ५० परिबारलाई राहात प्रदान गरिने वडाध्यक्ष खम्बसिंह लिम्बुले जानकारी दिनुभयो । माई नगरपालिका २ मा ६ सय ७४ परिबारको बसोबास रहेको छ ।
