May 3, 2026

इलाममा क्वारेन्टाइनबाट गएराति एक युवक भागे

0

इलाम ।

कोरोना भाइसरले विश्वभर महामारीको रुप लिइरहेका बेला इलामको सिङफ्रिङमा रहेको क्वारेन्टाइनबाट गएराति एक युवक भागेका छन्।

इलाम नगरपालिकाले व्यवस्थापन गरेको डाक्टर मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट सन्दकपुर गाउँपालिका–३, सुलुबुङका सरोज अधिकारी भागेका हुन्। बिहानको राति २ बजेतिर क्वारेन्टाइनको झ्यालबाट फाल हानेर उनी भागेका हुन्।

भारतको सिलिगुडीबाट आएका अधिकारीलाई गत २३ गते क्वारेन्टाइनमा राखिएको इलाम नगरपालिकाले जनाएको छ। यो क्वारेन्टाइनमा रहेका १० जनाको सुरक्षार्थ १२ प्रहरी परिचालन गरिएपनि प्रहरीलाई छक्याएर उनी भागेको नगरपालिकाका सूचना अधिकारी रामकुमार शाहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *