July 11, 2026

खाँदबारी कारागारका एक कैदीको मृत्यु

0

संखुवासभा,

जिल्ला कारागार खाँदबारीमा एक कैदीबन्दीको मृत्यु भएको छ। संखुवासभाको खाँदबारी कारागारका ४३ वर्षीय फूर्वा तेन्जिङ शेर्पाको मृत्यु भएको छ।

जवरजस्ती करणी उद्योग मुद्दामा जेल चलान भएको शेर्पाको उपचारका क्रममा मृत्यु भएको कारगार प्रमुख विनोद अधिकारीले जानकारी दिए। मुटु रोगका शेर्पा अचानक स्वास्थ्यमा समस्या भएपछि शनिबार अस्पताल भर्ना भएका थिए।

चिचिला गाउँपालिका २ आहालेका शेर्पा आइतबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो। शेर्पालाई जिल्ला अदालत चैनपुरले शेर्पालाई ५ वर्षको जेल सजाय तोकेको थियो।

उनले २१ महिनाको कैद भुक्तान गरिसकेका थिए। शेर्पाको शवलाई पोष्टमार्टमपछि आइतबार साँझ परिवारको जिम्मा लगाइएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *