July 11, 2026

बर्ने चिया कमानले चिया टिप्ने कार्य रोक्यो

0

अनिल वाग्ले / बुद्धशान्ति।

झापाको बुद्धशान्तिमा रहेको नेपाल चिया विकास निगमको बर्ने चिया कमानले चिया टिप्ने कार्य रोकेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपनि हिजो केहि घण्टा मजदुर लगाएर चिया टिप्ने कार्य गरेको बर्ने चिया कमानले त्यसपछि भने सम्पूर्ण रुपमा काम बन्द गरेको जनाएको छ ।

हिजो हेड अपिसबाट मजदूरलाई पूर्ण सुरक्षित गराएका काम सुचारु गर्न आदेश आएकाले हिजो केहिबेर काम गरेपछि स्थानीय बुद्धशान्ति गाउँपालिकाका प्रतिनिधिले काम तुरुन्त रोक्न भनेपछि तथा यसबारे कमानका संचालकहरुसँग कुरा गरेपछि उहाँहरुले पनि बगानको काम रोक्न भनेपछि सम्पूर्ण काम रोकिएको बगानका मेनेजेर नितेशकुमार जैसवालले बताउनु भयो ।

२ सय ५० श्रमिकले काम गर्दै आएको सो कमानको काम रोकिएपछि दैनिक ज्यालादारी गर्ने श्रमिक समस्यामा परेका छन् । सो कमानमा ६८ जना श्रमिक भने स्थायी श्रमिकका रुपमा रहेको एनटीडिसीका प्रशासन प्रमुख लोकनाथ दंगालले बताउनु भयो । दंगालले प्रदेश सरकारले मापदण्ड बनाएर चिया उद्योग खोल्ने निर्णय गरेपछि प्रकृया पु¥याएर सावधानी अपनाउँदै काम गरे पनि स्थानीय निकायले नगर्न भने पछि आफूहरुले काम रोकेको बताउनु भएको छ ।

तत्काल चियामा सिँचाई गर्न, औषधी छर्कर्न तथा पत्ति काट्न सकिएन भने दुई महिना सम्म चिया टिप्न नसकिने र त्यसले श्रमिक र सञ्चालकलाई नै ठूलो घाटा हुने हुँदा पूर्ण सावधानी अपनाएर चियामा सिँचाई गर्ने, औषधी छर्कन र पत्ति काट्ने काम गर्न अनुमति दिन मागगर्दै अनुमति मिलेको खण्डमा श्रमिकको स्वास्थ्यमा पूर्ण सावधानी अपनाएर ती काम सम्पन्न गर्र्ने दंगालले बताउनु भयो ।

यता बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले श्रमिकहरुको स्वास्थ्य सबैभन्दा ठूलो कुरा भएको बताउनु भएको छ । उहाँले बर्ने चिया कमानले काम गर्ने श्रमिकहरुको श्रम गरेको पैसा पनि लामो समय देखि नदिएको, श्रमिकको सञ्चय कोषमा हाल्नुपर्ने पैसा पनि नहालेको हुँदा सबैभन्दा पहिले ती श्रमिकहरुले पाउनु पर्ने पैसा पाउनु पर्ने त्यसपछि मात्र कमान खोल्न दिने नदिने कुराको ज्ञारेन्टी गर्न सकिने बताउनु भएको छ ।

अहिलेको मुख्य कुरा संकमण फैलन नदिनु र श्रमिकले खान पाउनु मुख्य कुरा भएको अध्यक्ष भुजेलको भनाई छ । कमानले श्रमिकको श्रम गरेको सम्पूर्ण पैसा तत्काल दिएको खण्डमा पूर्ण सावधानी अपनाइ मर्न लागेका चियामा सिँचाई गर्न, किराले खाएका चियाका बोटमा औषधि छर्कन दिन सकिने बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेलले स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *