विदेशबाट फर्किएर गाउँमा राहत बाढ्दै (फोटो फिचर)
झापा,
राहतको पर्खाइमा रहेका ५० विपन्न मुस्लिम परिवारलाई स्थानीय चाद महमदले खाद्यन्य सामग्री प्रदान गर्नुभएको छ ।
बाह्रदशी गाउँपालिका – ३ राजगढ निवासी महमदले गाउँपालिकाको वडा नम्वर २ स्थित जनता वजार आसपासका ५० परिवारलाई अत्यावश्यक खाद्य सामग्री (चामल,नून, तेल, दाल, हरियो तरकारी) एक सातालाई पुग्ने गरी बितरण गर्नुभएको हो ।

लामो समयसम्म बैदेशिक रोजगारीमा रहेर फर्कनुभएका महमदले लक डाउनको समयमा आफ्नै समुदायका विपन्न परिवारलाई खाद्यन्य अभाव भएको थाहा पाएपछि वडा कार्यालयको समन्वयमा राहत सामग्री बितरण गरेको बताउनुभएको छ ।

दैनिक ज्यालादारीमा काम गर्न विपन्न समुदायका नागरिकले एक साताका लागि आवश्यक पर्ने खाद्य सामग्री पाएपछि खुशी व्यक्त गरेका छन् ।
योसंगै बाह्रदशी गाउँपालिकाले समेत उनीहरुका लागि आज नै खाद्यन्य बितरण गरेको छ । बाह्रदशी गाउँपालिकाले गाउँपालिका भित्र बसोवार गर्ने २२ सय १४ परिवारका लागि राहत वितरण गरेको गाउँपालिकाका अधिकृत चेतनाथ न्यौपानेले जानकारी दिनुभयो ।

यस अघि…
https://grand-maroon-salamander.182-93-93-93.cpanel.site/53151/?fbclid=IwAR0ntaWc1XkTN9AsYnL7i8mIg8CLne95CUwFr8BAB2-8muZiK2ptYguoEg0
