July 9, 2026

कोरोना भाइरस भएको भन्दै फेसबुकमार्फत अफवाह फैलाउने पक्राउ

0

कञ्‍चनपुर,

कोरोना भाइरसबारे अफवाह फैलाएको आरोमा कञ्‍चनपुरको बेलडाँडी गाउँपालिका २ का २३ वर्षीय गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

फेसबुकमा महेन्द्रनगरको अञ्‍चल अस्पतालम कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ भन्दै सुनारले स्टाटस लेखेका थिए।

फेसबुकमा स्टाटस पोस्ट गरी सर्वसाधारणमा अफवाह, डर, त्रास र भ्रम फलाउने कार्य गरेकाले सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए। सुनारलाई निवासबाटै पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको उनले बताए।

सुनारले चैत २० गते फेसबुकमा कोरोनाबारे अफवाह फैलाउने स्टाटस पोस्ट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *