July 6, 2026

लकडाउनमा व्यवसायीलाई मल्हम : बाबा मार्केटको घरभाडा नलिने घोषणा

0

 

श्याम गुप्ता

बारा , काेभिड-१९ (काेराेना भाईरस) काे प्रकाेपबाट विश्व नैं अहिले ग्रसित छ , देश दुखेकाे छ । साे भाईरसकाे बिरूद्धमा अन्य देशले जस्तै नेपाल सरकारले पनि चैत ११ गते देखि मुलुक भर लकडाउन गरेका कारण अहिले व्यापार व्यवसाय पनि धारासाई बनेकाे अवस्था छ ।

 

नाेबेल काेराेकाे संक्रमण राेक्ने उद्देश्यका साथ सरकारले गरेकाे मुलुक भर लकडाउनकाे निर्णय स्वागत याेग्य भएकाे भन्दै नेपाली काँग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले बारा जिल्ला स्थित जीतपुरसिमरा उपमहानगरपालिकाकाे सिमरामा रहेको बाबा मार्केटको चैत्र महिनाको कोठा भाडा नलिने घोषणा गरेका छन् ।

 

कोरोना भाईरसबाट सबै क्षेत्र अस्त व्यस्त भए पछी व्यापार व्यवसाय समेत धरासायी बनेका बेला नगर सभापति गुप्ताले बाबा मार्केटको चैत्र महिनाको दर्जनाैंकाे संख्यामा रहेकाे कोठाहरूकाे भाडा नलिने घोषणा गरेका हुँन् । बाबा मार्केटकाे सञ्चालक रहेका उनको यो घोषणा निकै नैं प्रशंसनीय रहेको स्थानियले टिप्पणी गरेका छन् ।

 

यो घोषणाबाट बाबा मार्केटका झन्डै ३२ सटरमा व्यवसाय सञ्चालन गर्ने ३ दर्जन व्यवसायीहरू लाभान्वित भएका छन् । उनले करिब ३ लाख बराबरको व्यवसायीबाट प्राप्त हुँने सटर भाडा नलिने घोषणा गरेका छन् । उनले यो बिपतका बेला व्यवसायीको मनोबल उच्च राख्न सिमरा लगायत देशका अन्य घर मालिकहरुले पनी घर भाडा मिनहा गरी मानवियता प्रस्तुत गर्न आवश्यक रहेको बताए । धार्मिक स्वभावका उनले बिभिन्न समयमा बिपतका बेला सकृय रहँने गुप्ताले सामाजिक सेवाबाट ख्याती कमााउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *