May 3, 2026

काँकरभिट्टा नाका भएर हुने पेट्रोल र डिजेलको आयात ठप्प, बंगलादेशसँगको व्यापारको हालत पनि उस्तै

0

लक्ष्मी उप्रेती / झापा,

सरकारले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न र फैलिन नदिन घोषणा गरेको लकडाउनका कारण काँकरभिट्टा नाका भएर हुने पेट्रोल र डिजेलको आयात ठप्प छ ।

नेपाल र बंगलादेशबीच हुने व्यापारको हालत पनि उस्तै छ । कोइला, क्लिङ्कर मरिच, केराउ, सुपारीको आयातले निरन्तरता पाइरहेको छ ।

प्रदेश नम्बर १ को सर्वाधिक राजस्व संकलन गर्ने पूर्वकै चर्चित मेची भन्सार कार्यालयको तथ्याङ्क शाखाले दिएको जानकारी अनुसार लकडाउनयता पूर्वीनाका भएर अहिले सवैभन्दा बढी हरियो सागसब्जी, तरकारी तथा फलफूल आयात भएको छ ।

तर, हवाई इन्धन र ग्यास बाहेक अन्य पेट्रोलियम पदार्थको आयात शुन्य झै भएको भन्सार अधिकारीहरु बताउछन् । एकजना भन्सार अधिकारीका अनुसार सरकारले लकडाउन घोषणा गरेयता २२ लाख रुपैयाँको हवाई इन्धन र ४ करोड रुपैयाँको ग्यास नेपाल भित्रिदा अन्य पेट्रोलियम पदार्थको आयात शुन्य छ ।

यता लकडाउन शुरुपछिको समयमा काँकरभिट्टा नाका भएर ७ लाख रुपैयाँ मुल्य बराबरका फलफूलसहित झण्डै अढाई करोड रुपैयाँ मुल्य बराबरका तरकारी र फलफूल आयात भएको छ । आलु, प्याज, लसुन, टमाटरसहित हरियो तरकारी भारतबाट आयात भएको बताइएको छ ।

लकडाउन भए पनि तरकारी र फलफूल बोकेको सवारी साधनलाई कुनै अवरोध नभएको लामो समयदेखि तरकारी तथा फलफूलको कारोवार गदैं गएका भन्सार एजेण्ट बालकृष्ण थापाले बताए । उनका अनुसार अहिले पनि दर्जनौं यस्ता सवारी साधन निर्वाधरुपमा नेपाल भित्रिरहेका छन् ।

खाद्यन्नका लागि आवश्यक करीव २० लाख रुपैयाँ मुल्य बराबरको कोदो तथा २७ लाख रुपैयाँ मुल्य बराबरको मकै यो नाका भएर नेपाल आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *