May 3, 2026

शिवसताक्षी वडा नं.२ द्वारा राहत वितरण

0

झापा,

दिलिप घिमिरे

लकडाउनको कारण हातमुख जोर्न धौधौ परिरहेका ८४ अति विपन्न घर परिवारहरुलाई पहिचान गरि शिवसताक्षी नगरको वडा नम्बर -२ ले पनि बिहीबार राहत सामाग्री वितरण गरेको छ ।

तेस्रो विश्व युद्धका रुपमा कोरोना भाइरस फैलिरहेको वर्तमान अवस्थामा देश सङ्कटको घडीमा छ।यस  अवस्थामा दैनिकी ज्यालादारीमा मजदुरी गरि जीविकोपार्जन गर्ने १४ घर परिवारलाई सतासीधाम जेसीज, लायन्स क्लव शिवसताक्षी, गोपाल गौरी दिगो विकास प्रतिष्ठानको सक्रियतामा राहत सामाग्री  वितरणा गरिएकाे हो ।

मंगलबारे बजारमा एक कार्यक्रमको आयोजना गर्दे शिवसताक्षी नगरपालिका राहत व्यवस्थापन समितिका  संयोजक तथा वडा नम्बर -२का वडाअध्यक्ष कुलबहादुर बस्नेतले वितरण गरेका थिए ।

वडा सदस्य कुमार राईका अनुसार दाताले दिएका प्रतिपरिवार १५किलोग्राम चामल, २किलोग्राम दाल, आधा लिटर तेल, १ किलोग्राम नुन,माक्र्स र एउटा हात धुने साबुन प्रदान गरिएको हो।

राहत वितरण कार्यमा सतासीधाम जेसीजका अध्यक्ष कुमारशिंह साँवा, लायन्स क्लव अफ शिवसताक्षीका अध्यक्ष सन्तोष थोप्रा र गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमको सहभागिता थियो । सो कार्यक्रममा वडामा क्रियाशील  राजनीतिक दलका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।
त्यस्तै यस वडाका वडाअध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय वडा स्तरीय राहत लाभग्राही छनौट समिति  समेत गठन भएको छ।यस समितिको सदस्यहरुमा नेकपा प्रतिनिधि प्रदिप चिमरीया,नेपाली काङ्ग्रेसका प्रतिनिधि काजीमान बुढाथोकी ,राप्रपाका प्रतिनिधि चन्द अधिकारी र वडा सचिव पूर्ण समशेर कँवर रहेका छन् ।
यस वडाम ज्याला मजदुरी गर्ने मजदुरहरु भाेकै बस्न नपराेस् भनि वडाबासीहरुको सक्रियतामा अार्थिक संकलन गरि हाल ७०घर परिवारलाई राहत बितरण समेत भइसकेको साथै विपतको घडीमा वडाबासी  दाताहरुबाट दिल खोलेर सहयोग प्राप्त भइरहेको र प्राप्त  सहयोगलाई  ९ सय ६० रुपैयाँमा १५ किलोग्राम मनसुली चामल,आधा किलोग्राम दाल, आधा लिटर तेल, १ किलोग्राम नुन र एउटा हात धुने साबुन समावेश  गरि एक प्याकेजको निर्माण गरिएको प्रदिप चिमरीयाले बताए।

जसमध्ये माता नवदुर्गा सहकारी प्रा.लि.बाट ३०प्याकेज ,मंगलबारे बजार समिति अध्यक्ष भीम नेम्बाङबाट १० प्याकेज,काजीमान बुढाथोकीबाट १०प्याकेज, हिमशिखर किराना पसलका प्रो.थिरकुमार बाँस्तोला र  चिमरीया किराना पसलका प्रो.रमेश चिमरीयाबाट  ८प्याकेज,कुलबहादुर बस्नेत ,राजु दर्नाल ,कपिलमणि बाँस्कोटा,पदमप्रसाद गौतमबाट ५ प्याकेज ,काजी विमली स्मृति प्रतिष्ठानबाट ४ प्याकेज,खडानन्द घिमिरे ,पूर्णसमशेर कुँवर ,उमकान्त काफ्ले ,कुमार राईबाट २प्याकेज, दिनेश क्षेत्री ,प्रदिप चिमरीया,गंगाबहादुर राई,प्रेम राई याम्फू गंगाबहादुर कालिकोटेको स्मृतिमा १प्याकेज राहत मनकारी दाताहरुबाट प्राप्त भएको वडा सचिवले जानकारी दिए।

राहत वितरण गर्दा कम्तीमा पनि तीन फिटको शारीरिक दूरी कायम गरी कुपन प्रणालीद्वारा हिमशिखर किराना पसल र चिमरीया किराना पसलबाट एक पटकमा तीन तीनजनाका दरले मात्र राहत दिने गरिएको वडा स्तरीय
राहत वितरण समिति सदस्य काजीमान बुढाथोकीले बताए।

मजदुर,असक्त एवम् अति विपन्न वर्गका मानिसहरुलाई दिइने राहत  सम्पन्न र हुनेखाने मानिसहरुसमेत राहतको प्याकेज लिन लाममा बस्ने गरेका छन् ।
तपाइँहरु किन लाममा भन्दा खान पाइएन भन्छन्, सामान किन्न नपाएको भए पसललाई भनिदिन्छु भन्दा पनि राज्यले दिएको सुविधा हो भन्ने गरेकोे बताउँछन्  शिवसताक्षी नगरपालिका राहत व्यवस्थापन समिति संयोजक तथा  वडा नम्बर -२का वडाअध्यक्ष बस्नेत ।

विश्वमा यतिबेला कोरोना भाइरस (कोभिड १९) माहामारीको रुपमा फैलिरहेको छ । जसको कारण नेपालमा पनि ६ जना संक्रमित भइसकेको स्वास्थ्यमन्त्रालयले जानकारी गराइसकेको छ ।

भाइरसको संक्रमण बढ्न नदिनका लागि देशभर लकडाउन घोषणा गरेको छ । जसको कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवारहरु सङ्कट पर्दै गएको देखिन्छ । उनीहरुलाई थप समस्या नहोस्  भनेरै सो सामग्री वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *