July 5, 2026

चिमरियाले दिए तीन पत्रकारलाई पीपीई

0

कनकाई।

लायन्स क्लब तथा सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरियाले झापा कनकाई र झापा गाउँपालिका तीन जना पत्रकारलाई कोरोना भाइरसकाबाट बच्न पिपिई र मास्क प्रदान गर्नुभएको छ ।

चिमरियाले पत्रकारत्रय कनकाई साप्ताहिकका सम्पादक लीलाराज झापाली, कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौला, कनकाई अनलाइनका प्रधान सम्पादक केशव चापागाईंलाई एक–एक थान पिपिई प्रदान गर्नुभएको हो । पत्रकारहरु जस्तोसुक्कै जोखिममा पनि समाचार संकलनमा जानुपर्ने भएकाले पीपीई प्रदान गरेको चिमरियाले बताउँनुभयो ।

त्यसैगरी चिमरिया र सहारा नेपालको सयुक्त लगानीमा कनकाई नगरपालिका, झापा गाउँपालिका लगायात जिल्लाभरका नेपाल प्रहरी र ट्राफिक प्रहरी र स्वास्थ्यकर्मीलाई २५ थान पिपिई प्रदान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *