July 5, 2026

लागुऔषध सहित दुई जना पक्राउ

0

उदयपुर।

उदयपुरको त्रियुगा नगरपालिका–२ खुदियाई जंगलबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

जंगलबाट मोटरसाईकलमा घाँस लिएर फर्कदै गरेका त्रियुगा नगरपालिका–१ का २४ बर्षीय बिबेक राई र २२ बर्षीय भुपेन्द्र राईलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुले घाँस भित्र लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध डाईजोल्याब ३० एम्पुल , लुजेसिक ३० एम्पुल र फेरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध बरामद भएसंगै मानिस तथा प्रयोग गरेको लु ४६ प ४४८ र स ११ प ४९७५ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *