July 5, 2026

पेट्रोलियम ब्यवसायी मर्कामा–अध्यक्ष कोइराला

1

बिर्तामोड ।

सरकारले पेट्रोलियम ब्यवसायीमाथि अन्याय गरेको मेची पेट्रोलियम डिलर्स एशोसिएसन झापाले जनाएको छ ।

गत चैत ९ र १० गते भारतबाट ल्याइएको पेट्रोलियम पदार्थ विक्रि गर्न पनि नदिएको र बुधबारबाट पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैंया मूल्य घटाएर पेट्रोलियम ब्यवसायीको ब्यवसाय नै धरापमा पारेको बताएका छन् ।

सरकारले लकडाउनको समयमा पेट्रोलियम पदार्थ विक्रि गर्न नदिएको र गत ११ गतेबाट मुलुक लकडाउनको अवस्थामा रहेकै समयमा इन्धनको मुल्य घटाउँदा प्रत्येक पम्पहरु चार लाखबढीको घाटामा गएको मेची पेट्रोलियम डिलर्स एशोसिएसन झापाका अध्यक्ष नविन कोइरालाले बताएका छन् ।

उनले भने–सरकारले अति आवश्यक बाहेक पेट्रोलियम पदार्थ विक्रि गर्न पनि दिएन्, महंगोमा किनेर ल्याएका छौं अब सस्तोमा बेच्दा हाम्रो ब्यवसाय नै धरापमा पर्नेभयो । इन्धन बेच्न नपाँउदा स्टक धेरै रहेकाले मुल्य घटेसंगै आफूहरु घाटामा गएको ब्यवसायीहरुको भनाई छ ।

सरकारले ब्यवसायीहरुको समस्यालाई ख्याल नगरेकाले आफुहरु ब्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा पुगेको अध्यक्ष कोइरालाको भनाई छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० का दरले घटाएको हो ।

1 thought on “पेट्रोलियम ब्यवसायी मर्कामा–अध्यक्ष कोइराला

  1. के को घाटा नि अनि हामिले त आज पुरानै रेटमा पेट्रोल हालेको त

Leave a Reply

Your email address will not be published. Required fields are marked *