जलेको अवस्थामा जंगलमा मृत फेला
तेह्रथुम ।
तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक जंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् ।
मंगलवार देखि हराईरहेका बृद्ध चुहानडाँडा स्थित लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा फेला परेका हुन् । मंगलवार सो जंगलमा आगलागी समेत भएको बताईएको छ ।
शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको र घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
