July 6, 2026

बाह्रदशीका चार सय विपन्न परिवारलाई राहत

0

 

झापा, बाह्रदशी गाउँपालिकाका चार सय विपन्न परिवारलाई खाद्यन्य वितरण गरिएको छ ।

गाउँपालिकाका सात वटा वडामा बसोवास गर्ने बिपन्न परिवारलाई गाउँपालिकाको समन्वयमा राहत बितरण गरिएको हो । कोरोनाको त्रासले लकडाउनमा नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न डाँगीवारी निवासी चम्लगाई परिवार र बिर्तामोडका दुई युवा व्यवसायीले ग्रामीण क्षेत्रमा पुगेर विपन्नको पहिचान गर्दै खाद्यन्य वितरण गरेका छन् ।


बाह्रदशी गाउँपालिका – ७ निवासी लोकनाथ चम्लागाई,डिकुरादेबी चम्लागाई, देवेन्द्र चम्लगाई, प्रेमप्रसाद चम्लागाई र महेन्दप्रसाद चम्लागाईले ३५ क्वीन्टल चामल र सात बोरा नुन प्रदान गर्नुभयो भने बिर्तामोड निवासी व्यवसायीद्वय प्रविन र पुरुषोत्तम अग्रवालले पाँच क्वीन्टल चामल र दुई वोरा नुन प्रदान गर्नुभयो ।
महेन्द्र चम्लगाई अन्तराष्ट्रिय झापाली समाजका सल्लाहकार, नेपाली व्यावसायी संघ कतारका अध्यक्ष हुनुहुन्छ । उहाँकै पहलमा कतारबाट दुई लाख रुपैयाँ सहयोग पठाएपछि विपत्तिको अवस्थामा आफ्नो गाउँठाउँका नागरिकलाई राहत वितरण गरिएको देवेन्द्रले बताउनुभयो ।


विपद्को समयमा घर घरमा पुगेर साहत सामग्री उपलब्ध गराएपछि दाता प्रति वाह्रदशीवासी हर्षित भएका छन् ।
यसैबीच अहिले झापाका १५ वटै स्थानीय तहले आ – आफ्नो पालिकामा राहत कोष स्थापना गर्दै विपन्न परिवारका लागि राहत रकम प्रदान गरिरहेका छन् । जसमा स्थानीय समाजसेवी, उद्योगी व्यवसायी विभिन्न संघ संस्थाको समेत सहयोग रहेको छ । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *