July 6, 2026

एकद्वार प्रणालीबाट राहत बितरण

0

 

झापा, बिर्तामोड नगरपालिकाले राहत वितरणमा एकद्वार प्रणाली अपनाएको छ ।

केही दिनयता बिश्वमा महामारीको रुपमा देखापरेको कोरोना भाइरस (कोभिड १९) का कारण नेपालमा पनि संक्रमण फैलदै गइरहेको र यसबाट बच्न सावधानी अपनाउँदै नगरपालिकाले राहत बितरणमा एकद्वार प्रणाली अपनाएको हो ।

बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा सहित अषधि उपचार गर्दै आएको नगरपालिकले खाद्यन्य र तरकारीकोे अभाब हुन नदिन अहिले घरघरमा सेवा दिने अभियान समेत चलाएको छ ।

राहत बितरण प्रकृयालाई एकरुपता दिन नगरपालिकाले एकद्धार प्रणाली अपनाउने निर्णय गरे अनुसार विभिन्न संघ संस्था र दाताको सहयोग नगरमा जम्मा गर्दै नगरपालिकाकै तर्फबाट राहत बितरण हुँदै आएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो ।

जटिल परिस्थितिमा कतिपय संघ संस्था र ब्यक्तिहरुले ब्यक्तिगत तवरले राहत बितरण गर्न जाने अबस्था नरहेका कारण र अनाबश्यक भिडभाड गर्न उचित नहुँने हुँदा इच्छुक संघ संस्था, ब्यक्ति वा दातालाई नगद भए बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा ब्यस्थापन राहत कोष २०७६ को नाममा रहेको एनएमबी बैकको बिर्तामोड शाखाको खाता नं ०२८०११६६३३१११११० मा राहत रकम जम्मा गरी सहयोग गरिदिनु हुन र जिन्सी सामाग्री भए नगरपालिकाको जिन्सी शाखामा जम्मा गरिदिनु हुन नगरप्रमुख शिवाकोटीले आग्रह गर्नुभएको छ ।

रोगको प्रकोप बढ्दै जाँदा नगरबासीहरुले लकडाउनको पालना गर्ने क्रममा घरघरमै बस्नुपर्ने भएका कारण कतिपय नागरिकहरुले काम नगरी खान नपाउने अबस्था देखापरेकोले नगर कार्यपालिकाको वोर्ड बैठकले कोरोना संक्रमण रोकथाम तथा ब्यबस्थापन राहत कोष गठन गरेर नगर क्षेत्रका गरिब, बिपन्न, असहाय, अपांग तथा दैनिक ज्यालादारी गर्ने मजदुर लगायतका परिबारलाई राहत प्रदान गर्दै आएको नगरप्रमुख शिवाकोटीले बताउनुभयो ।

यसका लागि बडा र टोल विकास समितिले घरघरमा गई त्यस्ता परिबारको लगत संकलन गरिरहेको र नामाबली प्रमाणित भइसकेपछि बडा र टोलले घरघरमै पुगेर यथोचित राहत बितरण गर्ने शुरु गरिएको छ – नगरप्रमुख शिवाकोटीले भन्नुभयो ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *