बाल उद्धार केन्द्रलाई युवा नेता थापाद्वारा खाद्यन्न सामग्री वितरण
मेचीनगर,
झापाको मेचीनगर— ७ मा रहेको जागृत बाल उद्घार केन्द्र नेपाललाई नेकपाका युवा नेता तथा समाजसेवी युवा व्यवसायी बालकृष्ण थापाले खाद्यन्न सामग्री वितरण गर्नुभएको छ ।
दाताहरुकोे सहयोगमा केन्द्रमा रहेका बालबालिकालाई खानपिनकोे व्यवस्था गरिएको भएपनि केही दिनयतादेखि दाताबाट राहत सामग्री आउन छाडेपछि केन्द्रमा रहेका बालबालिकका भोकभोकै हुुने अवस्था आएको सामजिक सञ्जालम तस्वीर सार्वजनिक भएपछि बुधबार केन्द्रममै थापासहित ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर नेत्र कार्र्कीसहितको टोलीपुगेर ३० केजी चाममल र ६५ केजी आलु केन्द्र्रका सञ्चालकलाई प्रदान गरिएकोे थियोे ।
केन्द्रमा आठजना पुरुष र ६ महिलागरी कुल १४ जना बालबालिका आश्रित छन् । दाता थापा र अभियानमा सहभागी ट्राभल संघ झापाका अध्यक्ष कार्र्कीले संयुक्तरुपमा प्रदान गरेको राहत सामाग्री केन्द्रका सञ्चालक विकास देवकोटा र अर्जुन देवकोटाले ग्र्रहण गरेका थिए । यस्तो दुुःखका बखत दाताहरुले देखाएकोे सहयोगको खुलेरे प्रशंसा गदैं धन्यवाद दिइएको थियो ।

यसअघि समाजसेवी थापाले मेचीनगर ६ र ७ का १ सय ६५ जनालाई प्रति परिवार करीव ८ देखि १० केसी सम्म आलु र त्यति नै परिमाणमा चामल वितरण गर्नुभएको थियो । पैसा अभाावका कारण औषधि खान नपाएर घरको ओछ्यानमा ६० वर्षीय विरामी डम्बरबहादुर पाण्डेलाई उपचारकालाागि नगद रकम प्र्रदान गर्नुभएको थियो ।
नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रासपछिको अवस्थाका कारण अहिले धेरै विपन्न र आर्थिक अवस्था कमजोर भएकाहरुको घरमा चुल्होमा आगो बल्न छाडेकोे छ ।
