May 2, 2026

सर्तकता उच्चः विदेशबाट आाएकाहरुको विवरण संकलन गर्दै प्रहरी

0

सुरुङ्गा ,

५१८ जना झापाली गत फागुन २० गते यता झापा आएका छन् । कामको सिलसिला र अध्ययनका लागि भारत लगायत विभिन्न तेस्रो मुलुकमा रहेका झापाली कोरोना भाइरस कोभिड १९ संक्रमण विश्वभर फैलदै गएपछि झापा भित्रिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार सबैभन्दा धेरै भारतबाट आएका छन् । यो अवधिमा भारतबाट आउने झापालीको संख्या २८७ जना रहेको छ । त्यस्तै दुवईबाट १०५,कतारबाट ६९, मलेसियाबाट १७ र साउदी अरबबाट झापा आउनेको संख्या ७ जना रहेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन जिल्ला प्रहरी कार्यलय झापाले अहिले स्थानीय तहसंगको सहकार्यमा विदेशबाट आएका मानिसको विवरण संकलन गर्दै उनीहरुलाई रोगका विषयमा जानकारी दिँदै क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा राख्ने गरेको छ ।

विदेशबाट आएका कतिपयलाई क्वारेन्टाइनमा राखिएको छ भने केही मानिस होम स्वारेन्टाइनमा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चम्लगाईका अनुसार झापामा अहिले  ४८ जना क्वारेन्टाइनमा रहेका छन् भने ७६८ जना मानिस होम क्वारेन्टाइनमा रहेका छन् ।

झापामा १५ वटा स्थानीय तहले ३६१ वेडको क्वारेन्टाइन तयार गरेका छन् । जिल्लाका सातवटा अस्पतालमा २७ वेडको आइसोलेसन तयार गरिएको छ । मेची अस्पताल भद्रपुरको आइसुलेसनमा ३ जना मानिसलाई राखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत चम्लगाईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *