June 28, 2026

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक ब्यक्तिको मृत्यु

0

बाँके,

एम्बुलेन्सको ठक्करबाट कोहलपुरमा एकजनाको मृत्यू भएको छ।

नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरबाट बिरामी लिएर नेपालगन्ज आउँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा से ५ प ४८४ नम्बरको मोटर साइकलमा सवार शोभा केसी बटालाको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते केसीलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। केसी बैजनाथ गाँउपालिकास्थित बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी पदमा कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख घननाथ योगीले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक दण्डबिक्रम बिष्ट घाइते भएका छन्। उनको शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कूलदीप चन्दले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *