कोरोनाले दिएको सन्देश
कमल कान्त ढुंगेल
अहिले विश्वभरी चर्चामा रहेका चार शब्दहरु छन् , Quarantine , Isolation and PPE (Personal Protective Equipment), Lockdown यो सबैले आफ्नो गफगाफमा मिसाउँदै आएका छौँ , तथापी यि के हुन् सबैलाई पूर्णरुपमा थाहा नहुन सक्छ । यी शब्दहरु अहिलेको बहुचर्चित Pandemic COVID-19 सँग सम्बन्धित छन् ।
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस COVID-19 नाम दिइएको छ) बालकदेखि वृद्धसम्म सबै त्रसित र मानसिक रुपले विछिप्त भएका छन् । किनभने यो भाइरस ज्यामितिय geometric तरीकाले वृद्धि हुँदै गइरहेको कुरा हामीले विभिन्न समाचार च्यानल र इन्टरनेटबाट सामाजिक संजालमार्फत हेर्दै र सुन्दै आइरहेका छौँ । यसबाट त्रसित हुनु पनि स्वभाविक नै हो किनभने सबैलाई आफ्नो प्राणभन्दा ठूलो केहि हुँदैन । तथापि संक्रमितभध्ये धेरैजसो निको भएर आफ्नो सामान्य जिवन व्यति गर्न थालिसकेका छन् । विश्वका शक्तिशाली राष्ट्रहरु समेत रुनु न हाँस्नुको अवस्थाबाट गुज्रिरहेका छन् । अहिले आएर युरोप र अमेरिकालाई विविसि र सिएनएन जस्ता च्यानलहरुले समेत कोरोनाको इपिसेन्टरको Epicentre संज्ञा दिइरहेका छन् ।
सामान्य अर्थमा भाइरसलाइ जीवित र निर्जीव वस्तुबीचको पुलको रुपमा लिइन्छ । भाइरसले आफ्नो अस्लि रुप देखाउनलाइ जीवित वस्तुको कोषमा पुग्नु जरुरी हुन्छ । जबसम्म यो जीवित कोषबाहिर रहन्छ यो एक निर्जीव प्रोटिनको मणिभ जस्तै हो । कोरोनाभाइरस बाहेक पनि अन्य असंख्य ज्ञात र अज्ञात अन्य भाइरसहरु यस प्रकृतिमा छन् जस्तै TMV, HIV virus , HPV , Bacteriophage virus आदि । यसमध्ये केहि भाइरसहरु हानीकारक र केहि फाइदाजन पनि छन् । पहिले पनि कैँयौँ महामारीहरु जस्तै प्लेग , इबोला ,SARS , आदिले पनि विश्वभरी तहल्का मच्चाएर पहिले पनि धेरै मानिसहरको ज्यान नलिएको भने चैँ होइन । तर त्यतिबेल यिनीहरुले अहिलेजस्तो विश्वका हरेक कुनाका बालकदेखि वृद्धसम्म सबैलाइ डर , त्रास र मानसिक रुपले विछिप्त बनाएको चाँहि थिएन होला । यसको मुख्य कारण विज्ञान तथा प्रवीधिमा भएको द्रुत विकास , अन्र्तराष्ट्रिय बसाइँसराइ , अँग्रेजी भाषाको मोह आदिले हुनसक्छ । किनभने अहिले सामाजिक , संजाल र इन्टरनेटले विश्वलाई एउटै गाउँमा सीमित बनाइसकेको छ
(world is now a global village यसका फाइदा र बेफाइदा दुबै छन् । जस्तो भनौँ न यहि COVID-19 ले एक सेकेन्ड अघाडी इटाली , फ्रान्स , भारत , स्पेन , अमेरीका , अष्ट्रेलिया र नेपालको अर्को कुनामा कति मानिसहरु संक्रमित भ एभनेर हामीलाई त्यहि सेकेन्डमा आफू बसेको ठाउँमा नै थाहा हुनु सामान्य भइसकेको छ । यसले गर्दा पनि होला मानिसहरु अलि बढी त्रसित , संयमित र सुरक्षित बसिरहेका छन् । तर पहिले यस्तो द्रुत गतिको सूचनाको प्रशारणको कुनै पनि बाटो थिएन त्यसैले पहिले धेरै भाइरसले पुय्र्राएको धनजनको क्षतिबारे हामीलाइ त्यति चासो पनि भएन र त्यतिबेलका मानिसले पनि अहिलेजस्तो त्रसित रुपले बस्नु परेन होला ।यस COVID-19 ले गर्दा अहिले हाम्रो जिवन धरापमा पर्ने कुरा हुँदाहूदै पनि यसले मानव जातीलाई धेरै कुरा सिक्न बाध्य तुल्याएको छ । जुन कुरा हामीले अहिले मात्र होइन सँधै गर्नुपथ्र्यो र पछि पनि गरिरहन जरुरी छ । यसमा सर्वप्रथम सिँगो विश्व एक हो , विश्वका सबै मानिस एक हुन् , हामीलाई यस भूगोलको राजनीतिक विभाजनले मात्र टाढा बनाएको हो र ठूलो महाप्रलय आएमा हाम्रो जात ,धर्म , राजनीति , आर्थिक अवस्था सबै भुलेर एकिकृत हुनुको विकल्प छैन भन्ने सन्देश बुझ्न जरुरी छ । अर्को कुरा भनेको सरसफाइ हो जुन हामी अहिले यस्तो आपत्को घडीमा सिकिरहेका छौँ ।
WHO अहिले साबुनपानीले मिचिमिचि हात धोऔँ , घर वरीपरी सफा राखौँ , हाच्छ्यौ गर्दा रुमाल प्रयोग गरौँ भन्दाभन्दै पनि हामीले मानिरहेका छेनौँ । हामीले यि काम अहिले मात्र होइन सधैँ गर्नुपर्दैन र ? तेस्रो महत्वपुर्ण कुरा जुन पश्चििमी मुलुकमा कम र हाम्रामा अलि बढी छ ,त्यो भनेको काम बिना एताउता हिँडडुल गर्ने बानी , अनावश्यक रुपमा समूह बनाइ गफ गर्ने हो । वास्तवमा हामीले सँधैँ नै आफ्नो काममा व्यस्त हुने बरु फुर्सद भयो भने केही र्सजनशिल काममा लाग्ने गर्नूपर्ने हो । यसलाई अहिले सोसियल डिस्टेन्सिङ भनेर कोरोनाको रोकथामको उपायमा राखिएको छ । तर सोसियल डिस्टेन्सिङ हामलिे अहिले मात्रै होइन सँधैनै राख्न सक्दा अत्युत्म हुन्छ । बुद्धशान्ति २ , झापा
