June 28, 2026

 समाज सेवामा सक्रिय थापा

3

लक्ष्मी उप्रेती

विर्तामोड, असली समाजसेवी त त्यो हो , जस्ले हरेक समाजमा बसोेबास गर्ने समुदायका दुःख सुखलाई नजिकबाट नियालेको हुन्छ । अनि त्यही दुःख सुखमा साथ दिन्छ र चर्याइरहेको घाउमा मल्हम पट्टीकोे काम गर्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्दमा ‘फर्क फर्क हे ! जाउ समाउ मानिसहरुको पाउ, मल्हम लगाउ आर्तहरुकोे चहराइरहेको घाउ’ यति कुरा नै पुरा गर्ने हो भने धर्म कमाउन न त अनेक धार्मिक कर्म गर्नै पर्छ नत सप्ताह र पुराणको आवश्यकता नैै । भोको पेट एकगासले भरिदिनु अनि नाङ्गो शरिर एकसरो कपडाले ढाकी दिनु नै मानिसको सवै भन्दा ठुलो धर्म हो र त्यही मानिस नै असल समाजसेवी हो ।

यतिखेर विश्व नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रासमा छ । हजारौै मानिसकोे ज्यान गइसकेको छ । लाखौं मानिसहरु संक्रमित छन् । अहिले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रासबाट उत्पन्न हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न विश्वले आफ््ना हरेक संयन्त्र परिचालन गरेको छ । नेपाल समेत यसको नियन्त्रण र रोकथाममा सक्रियपुर्वक लागेको छ । मुलुुकमा लकडाउनको अवस्था छ । नेपाल सरकारले गरेको यो निर्णय स्वगतयोग्य छ । अहिले यातायातका साधन, कलकारखना, चिया बगानलगायत सवै ठप्प छन् ।

यसले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट केही हदसम्म त बच्ने भईयो । तर हाम्रो समाजमा यस्तो समाज छ दिनभरि मजदुरी नगरे विहान बेलुका घरको चुल्होमा आगो बल्दैंन । यस्तै वर्गका सामु असल समाजसेवीको रुपमा पहिचान बनाए झापा मेचीनगर— ६ काँकरभिट्टाका व्यवसायी बालकृष्ण थापा ।

लकडाउनको आठौ दिन सोमबार विहान झापाको मेचीनगर—६ स्थित मेचीडाडा र आसपासका बासीन्दाको आर्थिक अवस्था बुझ्न ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर नेत्र कार्र्कीसहित केही स्थानीयलाई लिएर गाउँ नेकपाका युवा नेता समेत रहेका थापा पसे । त्यहाँ देखे पैसा अभाावका कारण औषधि खान नपाएर घरको ओछ्यानमा ६० वर्षीय विरामी डम्बरबहादुर पाण्डे छटपटाउदैं रोग बाल्न बाँध्य भएको दृश्य त चामल नभएर मुरई र पानी खादैें दिन रात कटाएको अवस्था । उनले महशुस गरे सामान्य वर्गमा खाद्यन्नको अभाव भएको । विरामी पाण्डेलाई देखेर उनको मन मानेन गोजीबाट एक हजार रुपैयाँको एउटा नोट निकालेर उनकी श्रीमती कमला पाण्डेलाई दिए, र भने जानु होस औषधि किनेर ल्याएर रोगी श्रीमानलाई खुवाउनुहोस । उनले भावविभोर हुुदै एकहजार रुपैैयाँको नोट समाईन र भनिन— ‘भगवनले बाबुको कल्याण गरुन । ’

त्यहाँ १० भन्दा बढी अति नै विपन्न र आर्थिक अवस्था वा मजदुरी गरी जिवीकोपार्जन गदैं आएका र अहिले विहान बेलुका कसरी गर्जाे टार्ने भनेर छटपटाइरहेको परिवार देखे पछि सवैको नाम लिष्ट तयार पारे । आफु पनि एउटा सामाजिक प्राणी भएका कारण उनीहरुका लागि केही गर्न पर्छ भनेर जुटे उनीहरुका लागि केही सहयोग गर्ने हेतुले खाद्यन्न भेला पार्न । जो गासको आसमा थिए उनीहरु पनि खुशी भए केही भए पनि खाद्यन्न हात पर्ने भएपछि । यस अघि विभिन्न धार्मिक, साँस्कृति, राजनीतिक खेलकुद शैक्षिक गतिविधिमा सक्दोे सहयोग गदैं आएका थापाले यस्तो अवस्थामा पनि सहयोग गरे । उनले आफ्नो एक्लो प्रयासमा एकसय ६१ परिवारका राहत सामग्री वितरण गर्ने योजना बनाए । उनले स्थानीय सरकार मेचीनगर नगरपालिकादेखि वडा सरकारसम्म यसका बारेमा जानकारी गराएको बताए ।

थापाले प्रति परिवार करीव ८ देखि १० केसी सम्म आलु र त्यति नै परिमाणमा चामल बाडे । खाद्यन्न पाए पनि प्राप्त गर्नेहरुर खुशी नहुने कुरै भएन । ‘उहाँको जय जय होस ’ विमला परियारले भनिन —‘ घरमा भोकभोकै बस्ने वेला आएको थियो केही दिनलाई भएपनि खान पुग्यो ।’ परियारकै जस्तै भनाई थियो उनकै छिमेकी र उस्तै अवस्थामा रहेका संगीता राई, शिवकुमारी दर्जीलगायतकोे ।

थापाले आफुसँग प्रश्स्त भएर बाडेको नभई समाजमा बसेर एउटा सच्चा नागरिकले निभाउनु पर्ने भूमिका मात्र निभाएकोे प्रतिक्रिया दिए । यो अभियानमा साथ दिएका ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर नेत्र कार्र्की समेत थापाको समाजमा यो प्रतिको सेवा देखेर खुलेरै प्रशंसा गर्छन् । ‘उहाँको यो कार्यको सहयोगको मुुल्य नै छैन अमुल्य सहयोग हो ’ कार्कीले भने —‘ साच्चै धर्म कमाउने हो भने हरेक दीन दुखीको सेवा गरौ त्यो भन्दा ठुलो धर्म के होला । थापा जीले आज यो समाजमा असली समाजसेवीको रुप प्रस्तुत गर्नुभयो । आज जो भोेको थियो उस्ले उहाँलाई कति सम्झिदो हो । ’ थापाले १ हजारर १ सय ५० केजी आलु र ६ सय ३० केसी चामल उनीहरुलाई निःशुल्क वितरण गरेका थिए ।

3 thoughts on “ समाज सेवामा सक्रिय थापा

  1. बाल्कृस्न दाइ लाई जहिले पनि उच सम्मान ओस

Leave a Reply

Your email address will not be published. Required fields are marked *