June 28, 2026

बाह्रदशीका विपन्न परिवारलाई चम्लगाई परिवारको सहयोग (फोटो फिचर सहित)

0

झापा,

बाह्रदशी गाउँपालिकाका विपन्न परिवारलाई चम्लगाई परिवारले खाद्यन्य सहयोग गरेको छ ।

गाउँपालिकाको १, २ र ३ नम्वर वडाका विपन्न परिवारलाई खाद्यन्य वितरण गरिएको हो । बाह्रदशी गाउँपालिका – ७ निवासी लोकनाथ चम्लागाई,डिकुरादेबी चम्लागाई, देवेन्द्र चम्लगाई, प्रेमप्रसाद चम्लागाई र महेन्दप्रसाद चम्लागाईले खाद्यान्न वितरण गरेको बाह्रदशी गाउँपालिका – १ का वडाअध्यक्ष शम्भूसिंह राजवंशीले बताउनुभयो ।

कोरोनाको त्रासले लकडाउनमा नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न चम्लगाई परिवारले ग्रामीण क्षेत्रमा पुगेर विपन्नको पहिचान गर्दै खाद्यन्य वितरण गरेको हो । वडा कार्यालयसंग सहकार्य गर्दै विपन्न परिवारका नागरिकलाई एक हजार ५ सय क्वीन्टल चामल र ३ वोरा नुन आइतवार बितरण गरेको देवेन्द्र चम्लगाईले बताउनुभयो ।


सम्बन्धित वडाअध्यक्षको सिफारिसमा गरिवीको रेखामुनी रहेकाहरुको पहिचान गर्दै रहेक वडामा ५ सय केजी चामल र ५० केजी नुन वितरण गरिएको थियो । चम्लगाई परिवारले बाह्रदशी गाउँपालिकाका ७ वटै वडामा वडाको सिफारिसमा विपन्न परिवारलाई खाद्यन्य बितरण गरेको छ ।

महेन्द्र चम्लगाई अन्तराष्ट्रिय झापाली समाजका सल्लाहकार, नेपाली व्यावसायी संघ कतारका अध्यक्ष हुनुहुन्छ । उहाँकै पहलमा कतारबाट दुई लाख रुपैयाँ सहयोग पठाएपछि विपत्तिको अवस्थामा आफ्नो गाउँठाउँका नागरिकलाई राहत वितरण गरिएको देवेन्द्रले बताउनुभयो ।

चम्लागाई परिवारले आज गाउँपालिकाको ४,५,६,र ७ नम्वर वडाका विपन्न समुदायलाई खाद्यन्य बितरण गरेको छ । प्रत्येक वडामा पाँच सय केजी चामल र एक बोरा नुन प्रदान गरिएको हो । राहत सामग्री सबै वडाका वडाअध्यक्षलाई प्रदान गरिएको छ । वडाअध्यक्षहरुले आ– आफ्ना वडाका विपन्न परिवारको पहिचान गर्दै जनप्रतिनिधि र टोल विकास संस्थाको सहयोगमा घर घरमै राहत सामग्री पु¥याउन शुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *