June 28, 2026

लकडाउनमा खटिएका प्रहरीलाई खाजा

0

खोटाङ,

खोटाङको दिक्तेलमा सञ्चालित बाबा हलेसी बेकरी उद्योगले ‘लकडाउन’का क्रममा खटिएका सुरक्षाकर्मीलाई खाजा सहयोग गरेको छ ।

उद्योगले आइतबार निःशुल्क खाजा उपलब्ध गराएको हो ।

सर्वसाधारणलाई कोरोना भाइरसबाट बचाउनका लागि ‘लकडाउन’मा खटिएका प्रहरीको हौसलाका लागि ६० जनालाई पुग्ने ६० प्याक खाजा सहयोग गरिएको बाबा हलेसी बेकरी उद्योगका सञ्चालक सगुन ताम्राकारले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *