नोवल कोराना भाईरसको संक्रमण र सन्त्रास कम गर्न कार्यदल गठन
लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिको बैठक आइतबार विभिन्न निर्णय पारित गदैं सम्पन्न भएको छ ।
१ नम्बर प्रदेश सभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीको विशेष उपस्थितीमा सम्पन्न बैठकमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रणका सन्दर्भमा हालसम्म सम्पन्न क्रियाकलापहरु जानकारी गराईएको थियो । नगरपालिका स्तरीय वन वाताबरण विपद् व्यवस्थापन समितिका संयोजक टीकाराम सार्कीले क्षेत्रगतरुपमा आगामी पदनमा कार्यान्वयन गर्नुपर्ने सन्दर्भमा कार्ययोजना प्रस्तुत गर्नुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय संघीय मामिला महाशाखाको चन ३९८ र मिति २०७६ चैत १२ गतेको कोभिड १९ को रोकथाम सम्बनिध प्राप्त पत्र र कोरोना भाइरस सम्बनिध क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ र १ नम्बर प्रदेश सरकारको कोभिड १९ संक्रमण रोकथाम तथा व्यवस्थापन मार्गदर्शन २०७६ को व्योहोरा समेत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ले प्रस्तुत गर्नुभएको थियो ।
मेचीनगर विपद् व्यवस्थापन समितिका संयोजक तथा नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा बसेको बैठकले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रासबाट उत्पन्न हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न मेचीनगर नगरपालिका पिवद् जोखिम न्यूनिकरण तथा व्यवस्था ऐन २०७५ को दफा ३ को उपदफा २ अनुसारको समितिको बैठकले निर्णय गर्न नगर प्रमुख विमल आचार्यको संयोजकत्वमा १५ सदस्यीय विशेष कार्यदल गठन गरेको छ । साथै सो कार्यदलले गरेको निर्णय यस समितिको निर्णय सरह हुन सोहि ऐनको दफा ४ को उपदफा ८ ले गरेको व्यवस्था अनुसार हुने निर्णय समेत बठकले गरेको छ ।

कार्यदलको सहसंयोजकमा उपप्रमुख मीना पोखरेल उप्रेती तथा सदस्यहरुमा कार्यपालिका सदस्यहरु टीकाराम सार्की, कृष्ण कनाल, सामाजिक शाखा संयोजक तथा मेचीनगर वडानम्बर ४ का वडाध्यक्ष नवीन वराल, नेकपाका मेचीनगर अध्यक्ष माधवलाल अर्याल, नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपा मेचीनगर अध्यक्ष सुशील आचार्य,समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, नेपाल पत्रकार महासंघ झापा शाखा सचिव सन्तोष आचार्य, सञ्चारकर्मी ज्ञानेन्द्र निरौला, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, नेपाल रेडक्रस सोसाईटि उपशाखा मेचीनगरका अध्यक्ष कुसुम कोइराला, उद्योगी विजय डालमिया र नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती सदस्य सचिव रहनुभएको छ ।
वैठकले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रास नियन्त्रण गर्न सवैले आ आफ्नो तर्फबट सक्रिय योगदान गर्ने र नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा र निर्देशनमा हालसम्म भए गरेका निर्णय र खर्च व्यवसथा यसै वैठकबाट भए गरे सरह हुने निर्णय भएको खाद्य अधिकृत दीपेन्द्र कार्कीले जानकारी दिनुभयो ।
