June 28, 2026

सुरक्षाकर्मीको प्यास मेट्दै औषधी ब्यावसायी

0

बिर्तामोड ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखा परेसंगै सरकारले देशलाई लकडाउन गरेको आज ६ दिन भएको छ । हाल सम्म नेपालमा पाँच जनामा कोरोना भाइरसको संक्रमण फेला परेको र एक जना निको भएर घर फर्किएका छन् भने अन्य चार जना उपचाररत् अवस्थामा रहेका छन् ।

लकडाउनको समयमा सबैलाई आफ्नो घरमा बस्न आग्रह गर्दै प्रहरी सडकमा निस्किएको छ । रोगको संक्रमण नफैलियोस् भनेर सरकारले सचेतता अप्नाइ रहेको छ । नागरिकको सुरक्षामा दिनरात खट्ने प्रहरीलाई नेपाल औषधी ब्याबसायी सघ झापाले सुरक्षाकर्मीलाइ लक्षित गर्दै बिर्तामोड ईकाई मार्फत संघका महासचिब एब त्रिसुल फर्मा सप्लायर्सका सञ्चालक जीवन खड्का र संघका उपाध्यक्ष प्रदिप खरेलको नेतृत्वमा सय कार्टुन पानी र १० कार्टुन नुडल्स ईलाका बिर्तामोडलाई प्रदान गरेको छ ।

यो अभियानलाई जिल्ला ब्यापि बनाउने क्रममा आईतबार भद्रपुर चन्द्रगढी एकाइको नेतृत्व गर्दै शखा सचिब ससिम पोखरेल र सदस्य आयूर्बेद ब्याबसायि पंकज शर्माद्धारा जिल्ला प्रहरी कार्यलयलार्इ जानकारी गराएर वडाप्रहरी कार्यलय मार्फत १० कार्टुन पानी र ५ कार्टुन नुडल्स हस्तान्तरण गरेको छ। त्यस्तै झापा अध्यक्ष गौतम गुप्ताको नेतृत्वमा दमकमा बितरण कार्यक्रम हुदैछ भने क्रमश सबै क्षेत्रगत ईकाईहरूलाई ढिला नगरी क्रमश सहयोग गरिरहन अध्यक्षले निर्देशन दिइएको बताइएको छ ।

जनताको ज्यू–धनको सुरक्षाका लागि सडकमा खट्दा पानीको प्यास लाग्न सकने भएकाले आफूहरुले मानविय सहयोग गरेको सदस्य सुरेश खतिवडाले जानकारी दिए । उनले भने–हामी औषधी ब्यवसायीहरु पनि यो लकडानको समयमा पनि नागरिकको स्वास्थयलाई ध्यान दिएर औषधी पसलहरु सञ्चालन गरिरहेका छौं । हाम्रो सानो सहयोगले ठूलो मद्धत मिल्ने ठानेर यो सहयोग अभियानलाई जिल्लाभर सञ्चालन गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *