June 28, 2026

माछा पोखीमा डुबेर एक जनाको मृत्यु

0

मोरङ।

मोरङको मिक्लाजुङ गाउँपालिका–५ धानखेती घरभएका २२ बर्षीय जीवन बिकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो पौने २ बजेको समयमा आफ्नै घर नजिक रहेको माछा पोखरीमा बिक मृत फेला परेका हुन्। पोखरीमा डुबेर मृत अवस्थामा आफन्तले देखे पश्चात प्रहरीलाई खबर गरेका थिए।

त्यस लगत्तै ईलाका प्रहरी कार्यालय उर्लावारीबाट प्रहरी टोली पुगेको र घटनाको सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *