June 28, 2026

प्रधानमन्त्री ओली राति नै अस्पताल भर्ना

0

झापा,

 

मुटुको चाल बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलाीलाई विहीवार राति नै अस्पताल भर्ना गरिएको छ ।

प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।


प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा.दिव्यसिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको मुटुको चाल केही बढेको देखिएपछि उनलाई राति नै अस्पताल लगिएको थियो। डा। शाहको अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य छ।

ुउहाँको स्वास्थ्य अहिले ठिक छ। राति हार्ट रेट बढेको देखेर हामीले अस्पताल ल्याएका थियौं। उहाँको यो पुरानै समस्या हो। कोरोनाको प्रकोप भएको बेलामा जोखिम नहोस् भनेर मात्रै अस्पताल ल्याइएको हो,ु उनले भनिन्, ुअहिले केही बेर डिस्चार्ज गर्छौं र बालुवाटार लान्छौं।ु

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *