June 28, 2026

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार नजिक पुग्यो

0

काठमाडौं,

कोरोना भाइरस ( कोभिड नाइन्टिन) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १९ हजार नजिक पुगेको छ।

हिजोमात्रै २ हजार २ सय ९४ जनाको मृत्यु भएसँगै विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १८ हजार ८ सय ८ पुगेको छ। विश्वभर ४२ हजार ४ सय ५८ जना नयाँ संक्रमित देखिएका छन्। कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा इटालीमा मात्रै ७ सय ४३ जनाले ज्यान गुमाएका छन्।

योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। यसैगरी अमेरिकामा थप १ सय ४३ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ६ सय ९६ पुगेको छ। स्पेनमा कोरोना भाइरसका कारण थप ६ सय ८० जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या २ हजार ९ सय ९१ पुगेको छ।

चीनमा भने पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण कुनैपनि मानिसको ज्यान गएको छैन भने संक्रमण पनि कसैलाई देखिएको छैन। पछिल्लो समय चीन बाहेकका अन्य देशमा कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ।-थाहाखबरबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *