June 28, 2026

‘सक्किगोनी’ को प्रशारण स्थगित

0

काठमाडौ ।

चर्चित हास्यव्यङ्ग्य टेलिसिरियल ‘सक्किगोनी’ को प्रशारण स्थगित हुने भएको छ ।

कोरोनाभाइरसको महामारीका कारण छायाँकन गर्न नसकिने भएकाले केही समयका लागि सिरियलको प्रशारण स्थगित गरिएको निर्माता ‘सक्किगोनी’ का निर्देशक तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले सरकारले गरेको आह्वानलाई आत्मासात् गर्दै छायांकन रोकिएको बताए ।

अर्जुनले फेसबुकमा लेखेका छन्, ‘आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षित र सजग रही धैर्यवान रहनुहुन अनुरोध गर्दै सुस्वास्थ्यको कामना गर्दछौँ । परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *