सरकारी कोषमा एक महिनाको तलब जम्मा गर्न सांसदलाई गगनको आग्रह
काठमाण्डौ,
कांग्रेस नेता तथा सांसद गगन थापाले कोरोना रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा हरेक सांसदको एक महिनाको तलब जम्मा गर्न आह्वान गर्नुभएको छ ।
ट्वीटरमार्फत थापाले हरेक सांसदको १ महिनाको तलब कोषमा जम्मा गर्दै सबैले कोषमा सकेको जति सहयोग गर्न र सरकारलाई विपदमा श्रोत जुटाउन साथमा छौँ भन्नेमा आश्वस्त पार्न थापाले आग्रह गर्नुभएको छ ।
सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्न दिने छैन भनेर आश्वस्त पार्नुपर्ने उहाँको भनाइ छ ।
