कोभिड १९ :वनका भवनलाई निगरानी कक्ष प्रयोग गर्न सकिने
काठमाडौँ,
कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरणका गर्न सामुदायिक वन उपभोक्ता महासङ्घले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा निगरानी कक्ष (क्वारेन्टाइन) का रुपमा प्रयोग गर्न सक्ने जनाएको छ ।
महासङ्घका अध्यक्ष भारती पाठकले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा २२ हजार २६६ महासङ्घसँग आवद्ध रहेका एक हजार ३९८ भवनलाई सो कक्षका रुपमा प्रयोग गर्न सक्ने जनाइएको छ ।
महासङ्घको प्रदेश नम्बर १ मा १२४, प्रदेश नम्बर २ मा ५५, वाग्मती प्रदेशमा २६८ गण्डकी प्रदेशमा २१६, प्रदेश नम्बर ५ मा ३११, कर्णाली प्रदेशमा ८४, सुदूरपश्चिम प्रदेशमा ३४० भवन रहेको छ ।
