रहेनन् कटुवाल बन्धुका अध्यक्ष
लक्ष्मीपुर। 
कटुवाल वन्धु सेवा समाज झापाका अध्यक्ष डम्वरबहादुर कटुवालको निधन भएको छ ।
६७ वर्षीय कटुवालको चैत ३ गते विर्तासिटी हस्पिटल विर्तामोडमा उपचारको क्रममा निधन भएको हो । वुद्धशान्ति गाउँपालिका वडा नं.१ वुधवारेमा स्थायी वसोवास गर्दै आएका उनी कटुवाल वन्धुसेवा समाज, झापाका अध्यक्ष हुन् । कटुवाल बन्धु उत्थानमा कुशल संगठकको रुपमा परिचित उनको कटुवाल वन्धुको वंशावली संकलन र प्रकाशनमा उल्लेखनीय भूमिका रहेको थियो ।
वि.सं. २००९साल फागुन १५ गतै तेह्रथुमको आठराईमा जन्मेका कटुवाल २०५८ सालदेखि झापाको वुधवारेमा वसोवास गर्दै आएका थिए । सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका उनका श्रीमती राधादेवी कटुवाल तथा छोरावुहारीहरु वीरेन्द्र रेणुका र धिरेन्द्र सरिता कटुवाल रहेको लोकवहादुर कटुवालले जानकारी दिए ।
