July 5, 2026

एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित

0

काठमाण्डौं ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ।

उपप्रधानमन्त्री पोखरेलले भने, “एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ।”

अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उनले बताए।-बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *