July 5, 2026

ट्युसन दिदी कार्यक्रम प्रभावकारी बन्दै

0

विर्तामोड ।

लियो क्लब अफ बिर्तामोड लेडीले शुरु गरेको ट्युसन दिदी कार्यक्रम प्रभावकारी वन्दै गएको छ । आर्थिक अभावले पाठ्यपुस्तक र ट्युसन पढ्न नसकेका विपन्न परिवारका बालबालिकाहरुलाई नि:शुल्क ट्युसन पढाउने उद्धेश्यले गत फागुन २ गतेबाट विर्तामोडमा ट्युसन दिदी कार्यक्रम शुरु गरेको लियो क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष मनिषा बिमलीले वताइन् ।

ज्याला मजदुरी गर्ने परिवारका बालबालिकाहरु पढाईमा अब्बल भएपनि पाठ्यपुस्तक किन्ने र ट्युसन पढ्ने खर्च जुटाउन नसक्दा परीक्षामा फेल भएर विद्यालय नै छाड्ने अवस्था सृजना भएकोले त्यस्तो अवस्था आउन नदिन ट्युसन दिदी कार्यक्रम शुरु गरेको उनले वताइन् ।

विर्तामोड ५ स्थित व्यवसायी तथा चेम्वर्स अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीको घरमा गत फागुन फागुन २ गतेबाट चारजना विद्यार्थीलाई ट्युसन पढाउन शुरु गरिएको र हाल कक्षा नर्सरीदेखि कक्षा १० सम्मका १५ जना विद्यार्थी नि ःशुल्क ट्युसन पढीरहेको उनले बताइन् ।

लियो क्लब अफ बिर्तामोड लेडीमा आवद्ध मनिषा बिमली, ऋचु बिमली, वविना भट्टराई, निकिता खरेल, सदिक्षा खरेल, ईशा पोखरेल, प्रितिका शिवाकोटी, विशाखा प्रसाई, तृष्णा घिमिरे, पे्रक्षा घिमिरे , भावना कडरिया, प्रज्ञा चौलागाइँ लगायतले आलोपालो गरेर नि :शुल्क ट्युसन पढाइरहेको बताइएको छ ।

उनीहरु आफूले स्कूल कलेजमा आर्जन गरेको शिक्षा विपन्न परिवारका बालबालिकाहरुका लागि उपयोग गर्न पाउँदा खुशी देखिएका छन् । दैनिक ज्याला मजदुरी गरेर छोराछोरी वोर्डिङ्ग स्कुलमा पढाइरहेपनि खर्च अभावले पाठ्यपुस्तक किन्न नसक्दा आफ्ना छोराछोरी परीक्षामा फेल होलान् भन्ने चिन्तामा रहेका अभिभावकलाई लियो क्लब अफ बिर्तामोड लेडीले शुरु गरेको ट्युसन दिदी वरदान सावित भएको अभिभावकहरु बताउँछन् ।

लियो क्लब अफ बिर्तामोड लेडीमा आवद्ध युवतीहरुले विपन्न परिवारका बालबालिकाहरुलाई नि :शुल्क ट्युसन पढाएर सामाजिक उत्तरदायित्व वहन गरेकोमा नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीले धन्यवाद दिएकी छिन् ।

ट्युसन पढाउन खर्चिलो हुने र विपन्न परिवारका बालबालिकाहरुले खर्च गरेर ट्युसन पढ्नै नसक्ने भएकाले यस्तो अवस्थामा विपन्न परिवारका बालबालिकाहरुलाई नि ःशुल्क ट्युसन पढाउनु खुशीको कुरा भएको लायन्स क्लव अफ विर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली खरेलले वताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *