July 11, 2026

जवानीको मात चढ़ेको बेला

0

 

manju kiranआयौ नजिक तिमी जवानीको मात चढ़ेको बेला
देखेर तिमीलाई यो मुटुको धड़कन बढ़ेको बेला ।

दुई आँखा चार भए कत्ती पनि बेर नलगाई
सम्हालिएन मन बिस्तरामा तिमी लडेको बेला ।

बनाऊँन खोजे सधै दिलको महारानी तिमीलाई
भयो कस्तो अनिष्ट यो मानवता नै सढ़ेको बेला ।

भुलाऊँन खोज्छु् गल्ती यो जीवनभरको मेरो
याद आउछ तिम्रो तस्वीर मनमा गढ़ेको बेला ।

नगर्नु है पराईलाई जस्तो व्यवहार मलाई तिमी
होस गुमाई कही कतै सड़कमा पडेको बेला ।

 मन्जुकिरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *