July 11, 2026

देवकोटा जेष्ठ नागरिक चौतरीको उद्घाटन

0

भद्रपुर।

भद्रपुर ९ स्थित देवकोटा चोकमा करिव १० लाख ५० हजारको लागतमा नवनिर्मित देवकोटा जेष्ठ नागरिक चैतारीको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

नवनिर्मित देवकोटा जेष्ठ नागरिक चौतरीको जेष्ठ नागरिक तथा समाजसेवी विष्णुप्रसाद शिवाकोटी र दुर्गाप्रसाद भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका हुन । स्थानीयको सक्रियतामा विभिन्न दाताहरुवाट चन्दा संकलन गरेर ३० जना मानिस अटाउने चौतारीको निर्माण गरिएको हो ।

चारआलीदेखि भद्रपुरहँुदै केचना जाने मेची राजमार्गसँग जोडिएको सडकबाट आवतजावत गर्ने यात्रुहरुको विश्रामका लागि चौतारी निर्माण गरिएको बताइएको छ । सवारीसाधनमा यात्रु चढ्न तथा ओरर्ले ठाउँ समेत रहेको स्थानमा चौतारी निर्माण हुँदा स्थानिय जेष्ठ नागरिकलाई समेत फाइदा पुग्ने छन् ।

स्व. पदमप्रसाद दाहालकी श्रीमती कौसिला दाहाल र देवकोटा स्मारक संरक्षण समितिले निशुल्क जग्गा प्रदान गरेपछि १० लाख १८ हजार ६ सय रुपैयाँ पर्टयनलाई आर्कषण गर्ने प्रकारको चौतारीको निर्माण गरिएको बताइएको छ ।

गत कार्तिक २३ गते शिलन्यास गरिएको चौतारीको निर्माण भद्रपुरका डिजाइनर संजय प्रधानले गरेका थिए । देवकोटा जेष्ठ नागरिक चौतारी निर्माण समितिका संयोजक सोमप्रसाद पौडेलको अध्यक्षता तथा जेष्ठ नागरिक विष्णुप्रसाद शिवाकोटीको र दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष चुडामणी मैनाली, देवकोटा संरक्षण समितिका अध्यक्ष सन्तोष पोखरेल, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिरा प्रसाद पोखरेल, कन्चनजंगा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

निर्माण समितिका सहसंयोजक खड्गप्रसाद दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन हरि पोखरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *