July 6, 2026

तमोरमा बेपत्ता शर्माको ७ दिनपछि शव फेला

0

धनकुटा,

तमोर नदीको किनारमा सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय नागरिक भिनित शर्माको शव फेला परेको छ।

सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले शहिदभूमि गाउँपालिका वडा नं.–१ गोपालपुरस्थित तमोर नदीको भंगालोभित्र बेपत्ता भएको ७ दिनपछि मृत अवस्थामा फेला पारेको शसस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्याले जानकारी दिए।

शर्मा गत फाल्गुन २४ गते धनकुटाको मुलघाटस्थित तमोर नदीको किनारमा सेल्फी खिच्ने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए। विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत शर्मा भारतको पूर्णियाका हुन्।

शर्माको शव पहिचान भइसकेकाले आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक कर्माचार्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *