गौरीगञ्जमा जंगे पिलर ढल्यो
आत्माराम राजवंशी
गौरीगंज,नेपाल भारत सिमाना छुट्याउने दसगजा क्षेत्रमा गौरीगंज गाउँपालिका वडा नं (४ को बाह्रसुद्दीमा रहेको पिल्लर ढलेको छ। बाह्रसुदीको गौरीया खोलामा रहेको को १४९ को २४ नंम्बर पिल्लर ढलेहो। पिल्लर भएको स्थानमा खोला बगिरहेकाले गत असार महिनामा खोलामा बाढी आउँदा पिल्लर लडेको स्थानियबासी बताउँछन् ।
बर्षातको समयमा पिल्लर ढलेपनि त्यसलाई उठाउने वा मर्मत गर्ने कुनै प्रकारको कहिकतैबाट पहल भएको छैन। त्यस क्षेत्रमा बसोवास गर्ने भारतीय नागरिकहरुले लडेको पिल्लरलाई लुगा धुने र नुहाउने काममा प्रयोग गरिरहेका छन् । खोलामा ढलेको १४९ को २४ नम्बरको पिल्लरमा गरिएको रङ रोगन उढेको छ भने पिल्लरको नम्बर हराएको छ। दसगजा क्षेत्रमा रहेका ४ वटा अरू साना स्तम्भ पुरिएका छन। गौरीगंज गाउँपालिका वडा नं (४ को बाह्रसुदी क्षेत्रको गौरीया खोलामा रहेका ४ वटा साना स्तम्भ पुरिएका हुन।खोला क्षेत्रमा राखिएका ती सिमा स्तम्भहरु खोलाले बालुवा थुपार्दा ४ वटा स्तम्भ पुरिएका हुन।बालुवाले परिएका स्तम्भहरु १४७ को ३,४ र ९ तथा १४८ को ११ रहेको सशस्त्र प्रहरीबल बि।ओ।पि। गौरीगंजले जनाएको छ।
खोलामा पुरिएका र लढेको स्तम्भका बारेमा सम्बन्धित निकायमा जानकारी पठाइसकेको सशस्त्र प्रहरीबल बि।ओ।पि। गौरीगंजका प्रमुख साईमान श्रेष्ठले जानकारी गराए। गौरीगंज क्षेत्रमा झापा जिल्लाको पश्चिम सिमाना रतुवा देखि पुर्बमा किस्ने खोलासम्म ठुला साना गरि ४९ वटा पिल्लर रहेका छन् । जस अन्तर्गत मुख्य ५ वटा पिल्लरमा एउटा मर्मत गर्नु पर्ने, मझौला स्तम्भ ३ वटा,साना स्तम्भ ३२ वटा रहेकामा २ वटा मर्मत गर्नुपर्ने र रिफ्रेन्स स्तम्भ १ वटा रहेको सशस्त्र प्रहरीबल गौरीगंजले जनाएको छ । भारतीय प्रहरी एसएसबीले बेलाबेलामा पिलर सुमसुम्याउँन आउँछन् स् स्थानीयवासी
गौरीगंज गाउँपालिका वडा नं (४ को बाह्रसुदी बस्तिमा नेपाल तर्फनै पि पि ३३ नम्बरको पुरानो पिल्लर रहेको छ। पुरानो पिल्लर रहेको स्थानमा ८र९ घर ऋषिदेवहरुको बस्ती छ। केही बर्ष पहिले नेपाल भारत दुबै तर्फबाट संयुक्त रुपमा
नापी गरी पुरानो ३३ नम्बर पिल्लर नेपाल तर्फ परेको यकिन गरेको थियो । उत्त स्थानमा नयाँ नाप अनुसार सिमाना केही दक्षिण तर्फ सरेको भएर नयाँ पिलर गाडिएको स्थानिय जयराम ऋषिदेव बताउँछन् । पुरानो पिलर भएको स्थानमा बसोबास गरिरहेका ऋषिदेव परिवारसंग नेपाली नागरिकताको प्रमाणपत्र छ । ुहामी नेपाली हौ । पुस्तौदेखि यहाँ बसिरहेका छौ स्थानिय जयराम ऋषिदेवले भने ( तर पनि भारतीय प्रहरीहरू बेलाबेलामा आएर पुरानो पिलरलाई सुम्सुम्याएर जान्छन् । पहिला पहिला त हामीलाई घर छोडेर यहाँबाट भाग भनेर भारतीय प्रहरीले भन्ने गरेको जयरामले बताए । नेपाल भारतको संयुक्त सर्भे टोलीले जब देखि नयाँ पिलर गाडेपछि पुरानो पिलरका बारेमा भने केही नभनेको उनले बताए ।
((
