July 7, 2026

अध्यक्ष श्रेष्ठलाई मातृशोक

0

झापा, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ मातृशोक परेको छ ।

उनकी आमा खेमकुमारी श्रेष्ठको ७७ बर्षको उमेरमा आज बिहान ५।३० बजे काठमण्डौ स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । फोक्सो सम्बन्धि रोगले पिडित भएकी मृतक श्रेष्ठलाई काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचारका लागि विगत १५ दिनदेखि राखिएको थियो ।

मोरङ्ग कोशी अञ्चल तत्कालिन धरान नगरपञ्चायतमा जन्मनु भएकी सामाजिक तथा धार्मिक व्यक्तित्वकी धनी श्रेष्ठको यहाँको प्रतिष्ठित व्यवसायी स्व भाईराजा श्रेष्ठसंग वैवाहिक बन्धनमा बाधिनु भएको थियो । उनका ४ छोरा बुहारीहरू बाबुराजा – विश्वलक्ष्मी , सानुराजा – रणिता , लक्ष्मण – जयन्ती र शशीराजा – सानुमाया श्रेष्ठ छन् भने एक छोरी ज्वाइँ गीता – दिपकशंकर मल्ल छन् । वि।सं। २००० साल चैत महिनामा जन्मनु भएकी मृतक श्रेष्ठको ६ नाती, ६ नातिनी र १ पनाति छन् । मृतक श्रेष्ठका नातीहरू विकल, सागर, राजिल, सक्षम, दिगेस शंकर, अनुपशंकर छन् भने नातिनीहरू वर्षा, सर्मिष्टा, नम्रता, कृतिका, लुजता जयना र पनाति शिवांस छन् ।

उनको पार्थिक शरिरलाई आज बेलुका झापा गौरीगंज गाउँपालिका वार्ड नं। ६ खजुरगाछी स्थित निजी निवासमा ल्याइने र भोली शुक्रबार फागुन ३० गते विहान ८।३० बजे गौरीगंज गाउँपालिका वार्ड नं। ६ खजुरगाछी स्थित गेउरिया घाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *