July 7, 2026

कनकाई माईमा गंगा आरतीलाई निरन्तरता दिइने

0

बिर्तामोड , झापाको कनकाई नगरपालिकास्थित पवित्र धार्मिक नदी कनकाई माईमा गंगा आरतीलाई निरन्तरता दिइने भएको छ ।
ग्लोवल मल्टी कल्चरल अर्गनाईजेशन नेपालले बिर्तामोडमा पत्रकार भेटघाट गरी यस्तो जानकारी दिएको हो ।
वहुसाँस्कृतिक तथा आध्यात्मिकअभियानद्वारा कनकाईमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले गत फागुन २३ गते कनकाई माईको पूर्वी तटमा गंगा आरती गरिएको र विभिन्न संघ संस्थाको समन्वयमा कनकाई माईमा मासिक रुपमा गंगा आरती सञ्चालन गरिने तयारी गरिएको ग्लोवल मल्टी कल्चरल अर्गनाईजेशन नेपालका अध्यक्ष लक्ष्मीप्रसाद बुढाथोकीले वताए ।

कनकाई नदिको धार्मिक र वैज्ञानिक मान्यतालाई जनमानसमा पुर्याउन कनकाई माई गंगा सेवा आरतीले महत्वपूर्ण भूमिका खेल्ने भएको हुँदा यस कार्यलाई पूर्णता र निरन्तरताका लागि विभिन्न संघ संस्था , स्थानिय सरकारलगायत संग पहल भइरहेको र अव छिट्टै वैठक वसेर कनकाई माई गंगा सेवा आरती समिति गठन गरेर गंगा आरती सञ्चालन गरिने अध्यक्ष बुढाथोकीले वताए ।

झापामा वढीभन्दा वढी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्धेश्यले ग्लोवल मल्टीकल्चरल अर्गनाइजेशन नेपालको आयोजनामा फागुन २३ ,२४ र२५ गते तीनदिने वहुसाँस्कृतिक आध्यात्मिक पर्यटन महोत्सवको आयोजना गरिए पनि सरकारले कोरोना भाइरसका कारण सबै कार्यक्रम स्थगित गर्न गरेको सुचना अनुसार दुईदिनको कार्यक्रम स्थगित गरि गंगा आरती मात्रै गरिएको उनले जानकारी दिए ।

कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको व्यवस्थापन, कनकाई नगरपालिका र कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम संरक्षक रहने गरी कनकाई माईको पूर्वी तटमा गरिएको गंगा आरतीमा पाँच जना धार्मिक कलाकारहरुले गंगा आरती गरेको र गंगा आरतीको पाँच हजार भन्दा बढी भक्तजनले अवलोकन गरेको उनले वताए ।
कनकाई माई गंगा सेवा आरतीको लागि वात्तिको व्यवस्थापन नैनकला भट्टराई , उमा शिवाकोटी, कञ्चना ढकाल सिटौला, भगवति ढुंगेल लगायतले गरेको र गंगा आरती संगै वरिष्ठ भजन गायक धर्मदास बुढाथोकीले भजन प्रस्तुत गरेको कार्यक्रममा जानकारी दिइयो ।
वहुसाँस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव तथा कनकाई माई गंगा सेवा आरती सफल बनाउन विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको संयोजकत्वमा २३ सदस्यीय समिति , १४ सदस्यीय सल्लाहकार समिति , धार्मिक संयोजन समिति , प्रचारप्रसार समिति , अतिथि तथा स्वयम्सेवक परिचालन समिति , आर्थिक समिति गठन गरिएको कार्यक्रममा जानकारी दिइयो ।

 

वहुसाँस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव तथा कनकाई माई गंगा सेवा आरती समितिका सह संयोजक धुव्रप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई माई गंगा सेवा आरतीका लागि विभिन्न व्यक्तिहरुबाट संकलन गरिएको ५५ हजार एक सय ५५ रुपैयाँमा ५४ हजार ९५ रुपैयाँ खर्च भएको र एक हजार ६० रुपैयाँ वचत भएको जानकारी दिइयो ।
त्यस्तै कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाले स्टेज र साउण्डसिस्टमको व्यवस्था गरेको बताइएको छ । वहुसाँस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव पूर्व तयारीका लागि पाँच लाख २५ हजार एक सय २५ रुपैयाँ खर्च भएकोमा बिर्तामोड नगरपालिकाले दुई लाख ५० हजार रुपैयाँ प्राप्त भएको र अन्य खर्च ग्लोवल मल्टीकल्चरल अर्गनाइजेशन नेपालले व्यहोरेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा समितिकी कोषाध्यक्ष नैनकला भट्टराई , सदस्य उमा शिवाकोटी, सल्लाहकार भगवति ढुंगेल ,जनक खड्का धार्मिक संयोजन समिति सदस्य हरिप्रसाद भण्डारी , आर्थिक समिति संयोजक वालगोपाल शिवाकोटी ,प्रचारप्रसार संयोजक केशव भट्टराईले पत्रकारको जिज्ञाशाको जवाफ दिएका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव रंगकर्मी माधव कल्पितले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *