July 9, 2026

दमकबाट पेस्तोलसहित एकजना पक्राउ

0

दमक,

दमक नगरपालिका–३ मावाखोला पुलबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ४४ वर्षीय मेघराज गौतम रहेको प्रहरीले जनाएको छ।

गौतमको साथबाट एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली एक थान र खाली खोका दुई थान बरामद गरिएको छ। मावाखोला पुल आसपास हिँडिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गौतमलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *