July 11, 2026

सुनकाे भाउ अहिलेसम्मकै महँगाे

0

काठमाण्डाै,

सुनको भाउले मङ्गलबार फेरि नयाँ कीर्तीमान बनाएकाे छ । ताेलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगाे भएकाे छ ।

सुन मङ्गलबार ताेलाकाे ८२ हजार सात सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसअघि गएकाे आइतबार सुन ताेलाकाे ८२ हजार पाँच सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *