July 11, 2026

मास्क वितरण कार्यक्रम सम्पन्न

0

बुधबारे ।

नेविसंघ झापाले कोरोना भाइरस (कोभेड–१९) सम्बन्धी जानकारीसँगै मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना भाइरस सम्बन्धि सचेतना तथा माक्स वितरण कार्यक्रम दुई चरण्मा गरेर सम्पन्न गरेको हो । आईतबार बिर्तामोड स्थित मुक्ति चोकमा तथा यता बुद्धशान्तिमा पनि मेची राजमार्गमा गुड्ने सार्वजनिक सवारीसाधनका चालक तथा सहचालक लाई सचते गराउँदै निशुल्क माक्स वितरण गरेको थियो ।

आईतबार भएको पहिलो चरणको कार्यक्रममा नेविसंघ केन्द्रिय उपसभापति तुलसा पन्त , झापा सभापति राजेन्द्र उप्रेती लगायत सिङ्गो नेविसंघ झापाको उपस्थितिमा कार्यक्रम भएको थियो भने सोमवार नेविसंघ झापा सभापति राजेन्द्र उप्रेती ,जिल्ला उपसभापति भुपेन्द्र थेवे,वरिष्ठ जिल्ला सदस्य पोषराज कटुवाल, संचार विभाग प्रमुख गोकुल पौडेल, बुद्धशान्ति गाउँसभापति नरेश लावती लगायत अन्य अग्रज ब्यक्तिहरुको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो ।

दुवै ठाउको कार्यक्रम मा कोरिना सम्बन्धि वास्तविकता र अनावश्यक हल्ला र त्रासको वातावरण सम्बन्धि सत्यतथ्य बुझाइ आत्तिनु पर्ने अवस्था नरहेको बारे सचेतता समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *