July 11, 2026

भारतबाट १० बालकको उद्धार गरी अभिभावकको जिम्मा

0

झापा ।

घरबाट भागेर भारतको विभिन्न स्थानमा मजदूरी गरिरहेका सिरहाका १० बालकलाई भारतीय बालअधिकारकर्मीले उद्धार गरी  सिरहा प्रहरीको समन्वयमा अभिभावकलाई जिम्मा लगाएका छन् ।

भारतीय प्रहरीको समन्वयमा भारतको मधुवनीस्थित बालअधिकार संस्था चाइल्ड लाइन क्लबले उद्धार गरी बालगृहमा राखिएका सुखीपुर नगरपालिका–२ निवासी १४ वर्षीय रमानन्दकुमार दास, १४ वर्षीय हेमनारायण दास, नवराजपुर गाउँपालिका–४ निवासी १४ वर्षीय भगवतीकुमार मण्डल, सोही ठाउँका १० वर्षीय सन्तोष मण्डल, ११ वर्षीय रोशनकुमार मण्डल, १३ वर्षीय सुनिलकुमार मण्डल, १५ वर्षीय इन्द्रजित मण्डल, १६ वर्षीय वीरेन्द्र महरा, १७ वर्षीय शैलेन्द्रकुमार राम र १४ वर्षीय सुरेशकुमार रामलाई प्रहरीले अभिभावकको जिम्मा लगाइएको हो ।

मजदूरी गरिरहेको अवस्थामा उद्धार गरिएका बालकलाई सिरहा नगरपालिका–१७ माडरबाट जिल्ला प्रहरी कार्यालय सिरहाको पहलमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

सो अवसरमा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बालकलाई अब उप्रान्त घर छोडेर नहिँड्ने र शिक्षामा जोड दिनेसँगै अभिभावकले पनि बालबालिकाको पालनपोषण रेखदेख गर्ने प्रतिबद्धता गराई कानूनबमोजिम जिम्मा लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *