May 14, 2026

नगरका ३४ संस्थालाई साना किसान द्वारा डस्टविन वितरण

0

अर्जुनधारा। 

झापाको अर्जुनधारा–८स्थित शनिश्चरे साना किसान कृषि सहकारी संस्था लिमिटेडले नगरभित्रका विभिन्न संस्थाहरुलाई शुक्रबार एक कार्यक्रमकोबीच डस्टविन वितरण गरेको छ ।

सामुदायिक उत्तरदायित्व वहन गर्दै साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड इलाका कार्यालय बिर्तामोडसँगको साझेदारी कार्यक्रममार्फत् उक्त डस्टविनहरु वितरण गरिएको अध्यक्ष भैरवबहादुर खड्काले बताए ।

संस्था सञ्चालक समितिका अध्यक्ष खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख कमला खतिवडा आचार्यले प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेका सीनीयर अहेव डम्बरबल्लभ मिश्रलाई डस्टविन हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

वडा कार्यालय, स्वास्थ्य केन्द्र, विद्यालय, मन्दिरलगायत ३४ वटा संस्थालाई ६२ हजार बराबरको ५० वटा डस्टविन वितरण गरिएको संस्थाका प्रबन्धक भूमिनाथ बरालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख आचार्य, अर्जुनधारा–६ वडा समितिका अध्यक्ष लोकनाथ गौतम, साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड इलाका कार्यालय बिर्तामोडका प्रबन्धक सुवास गौतमलगायतले मन्तव्यसहित संस्थाको उक्त कार्यको प्रशंसा गरेका थिए ।

समितिका सदस्य भानु मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रबन्धक बरालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *