May 14, 2026

अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प

0

सिमकोट,

अज्ञात समूहले चङ्खेली गाउँपालिका–३ स्थित रिमीको वल्र्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वल्र्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिकाको कामकाजमा असर परेको हो ।

गत फागुन ५ गते रातिको समयमा एक अज्ञात समूहले टावरसँग जोडिएका सबै तार र अन्य सामग्रीलाई तोडफोड गरेपछि गाउँपालिकाका सबै सेवाग्राही समस्यामा परेको वल्र्डलिङ कम्युनिकेसनका जिल्ला संयोजक रामजन रावतले बताउनुभयो ।

रावतका अनुसार चैखेली गाउँपालिकामा रहेका वडा नं १ देखि ६ सम्मका कार्यालय, स्वास्थ्यचौकी, विद्यालय, स्वयं चङ्खेली गाउँपालिका कार्यालय तथा सर्केगाड गाउँपालिकाको सिटिजन्स बैंकको कारोवार ठप्प हुनुका साथै इलाका प्रशासन, सर्केगाडका वडा कार्यालय, स्वास्थ्यचौकी तथा विद्यालय समस्या भएको महिला कल्याण फिल्ड संयोजक पदमराज हमालले बताउनुभयो ।

सर्केगाड, चङ्खेली, ताजाकोट र अदानचुली गाउँपालिकाका नागरिक सेवा लिन सदरमुकाम सिमकोट नै धाउनुपर्ने बाध्य छन् । त्यस्तै एक ठाउँबाट अर्को ठाउँमा ‘इमर्जेन्सी डकुमेन्ट मेल’ गर्न समस्या भएको गाउँपालिका कार्यालयले जानएको छ । सो टावर तोडफोड गर्ने व्यक्तिको खोजीका लागि मिमि प्रहरीचौकीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *