होली नखेल्न उर्दी
इटहरी।
कोरोना भाइरसको उच्च जोखिमको कारण देखाउँदै होली नखेल्न जिल्ला प्रशासन कार्यालय मोरङले उर्दी जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलद्वारा हस्ताक्षर गरिएको एक ‘अन्यत्नै जरुरी’ भनिएको सूचना मार्फत यस्तो उर्दी जारी भएको हो ।
उर्दीमा भनिएको छ– ‘कोरोना भाइरसको(कोभिड १९)को विश्वव्यापी संक्रमण र सो संक्रमणबाट नेपाल समेत उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रवाहित सूचनालाई मध्यनजर राखी मोरङ जिल्लाभित्र यस भाइरसबाट हुनसक्ने संक्रमण र फैलावटलाई दृष्टिगत गरी जिल्लामा होली नखेल्न, भीडभाडमा नजान, उत्सव, मेला, सभा, सम्मेलन नगर्न तथा त्यस्ता पर्व, मेला, उत्सव तथा कार्यक्रममा नजान र सतर्कता अपनाउनको लागि सम्पूर्ण जिल्लावासीमा अनुरोध गरिन्छ ।’
