May 4, 2026

ब्राइटरको २० औं वाार्षिकोत्तसब सम्पन्न

0

बिर्तामोड।

झापाको बिर्तामोड १ मा रहेको ब्राइटर इंलिस स्कूलले २० औं बार्षिकोत्सब सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारीको प्रमुख आतिथ्यमा बिद्यालयले बार्षिकोत्सव मनाएको हो ।

२०५७ सालमा स्थापना भएको विद्यालयले शैक्षिक गुणस्तरसहित अतिरिक्त क्रियाकलावमा समेत विद्यार्थीलाई उत्कृष्ठ बनाएसंगै विद्यालय अहिले सबैको रोजाइमा पर्न सफल भएको अभिभावकले कार्यक्रममा बताएका छन् ।

विद्यालय व्यवस्थापनन समिति अध्यक्ष बलवहादुर खवास भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ठ शिक्षकका रुपमा हेमन्ता प्रसाई ओली अभिभावक कोपिला माझी लाई सम्मान गरिएको थियो भने विद्यालयमा खेलकुद विद्यामा उत्कष्ठ हुने रेड हाउसलाई सम्मान गरिएको थियो ।

त्यस्तै विभिन्न विधामा सफल हुने विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्वर १ का अध्यक्ष अग्निप्रसाद पाण्डे, बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत युवराज पाण्डे,श्रोत व्यक्ति केशर खवास, प्याव्सनका उत्तम खनाल, तुलसी मैनाली, अभिभावक सुरेश गुप्ता लगायतले बोलेका थिए ।

विद्यालयका प्रिन्सिपल राजु वरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन विशाल रत्ने र मेनुका लिम्बूले संयुक्त रुपमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *