May 3, 2026

फोटोपत्रकार बिनोद पाण्डेको ‘जीवन शैली’ फोटो पदर्शनी सम्पन्न

0

बिर्तामोड ।

पूर्वाञ्चल दैनिकको रजत महोत्सवको अवसर पारेर पूर्वाञ्चल दैनिकका फोटो पत्रकार विनोद पाण्डेको एकल फोटो प्रदर्शनी सम्पन्न भएको छ ।

विर्तामोडको अतिथि सदनमा भएको फोटो प्रदर्शनीको शुभारम्भ प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले गरेका थिए ।

मानिसका जीवनशैलीसंग सम्वन्धित विषयवस्तुलाई तस्वीरको माध्यमद्वारा उजागर गर्ने उद्धेश्यले एकल फोटो प्रदर्शनी गरिएको फोटो पत्रकार विनोद पाण्डेले वताए ।

नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष समेत रहेका पाण्डेले देशका हिमालदेखि तराईसम्मका मानिसले दैनिक जीवनमा भोगीरहेका भोगाई, जीवनयापनका लागि गरिएका संघर्ष लगायतका विषयलाई जोडेर जीवनशैली शीर्षकमा २५ वटा फोटोहरु प्रदर्शनी गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *