May 3, 2026

काफ्लेको ‘भुइँमान्छे’ लोकार्पण

0

सुरुङ्गा ।

प्रयागराज काफ्ले (प्ररा तुफान) द्वारा लिखित कविता संग्रह ‘भुइँमान्छे’ को एक समारोहका वीच लोकार्पण गरिएको छ ।

कनकाई प्रतिभा प्रतिष्ठानद्वारा आयोजित बा¥हौं मासिक साहित्य गोष्ठीसहितको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभागका प्रमुख प्रा.डा. हेमनाथ पौडेलले उक्त कृतिको लोकार्पण गरेका हुन् ।

६० वटा कविता संग्रहित सो कृतिको युवा साहित्यकार सूर्यप्रसाद अधिकारीले समीक्षा प्रस्तुत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष सहप्राध्यापक कोमलप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा आख्यानकार पुण्यप्रसाद खरेल, कनकाई माध्यमिक विद्यालयका पूर्व प्रअ ईश्वरीप्रसाद शिवाकोटी, वर्तमान प्रअ कर्णबहादुर डाँगी, कनकाई नगरपालिका वार्ड नंं ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरिया, ग्रामीण विकास बैंकका क्षेत्रीय प्रबन्धक गोपालप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा साहित्यकार तथा कलाकारहरु सुमित्रा बाङ्देल ‘चेली’, केशव आचार्य, देवीचरण भण्डारी, मातृका संग्रौला, लक्ष्मी अच्युत ढुंगाना, टीका भट्टराई, योन्देन सुनुवार, हरिनारायण भट्टराई, मीना अधिकारी, भूवन आदिम लगायतले आफ्ना सृजना प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जीवनाथ सुवेदीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *